मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै सहरी विकासमन्त्री मेटमणि चौधरी । तस्बिर : संजित परियार
२०७९ असार १३ सोमबार १३:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेरो गति ‘स्पोर्टस् बाइक’कोजस्तो हुनेछ : नवनियुक्त मन्त्री चौधरी

Read Time : < 1 मिनेट
२०७९ असार १३ सोमबार १३:०२:००

नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले तीव्र गतिमा काम गर्ने बताएका छन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले सुस्त काम गर्ने आफ्नो स्वभाव नभएको बताए । ‘म छोटो समयका लागि आएको छु । धेरै काम गर्नुपर्नेछ । त्यसैले मेरो कामको गति तीव्र हुनेछ,’ उनले भने । 
मन्त्री चौधरीले आफूलाई ‘स्पोर्टस् बाइक’सँग तुलना गर्दै भने, ‘मसँग छोटो समय छ । त्यसैले होन्डा जस्तो होइन, स्पोर्टस् बाइकजस्तो थ्री हन्ड्रेड, फोर हन्ड्रेड स्पीडमा हिँड्छु ।’ योग्यता र क्षमताअनुसार काम गर्ने बताएका उनले पदको दुरुपयोग नगर्ने प्रतिबद्धता जनाए ।