१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १२ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार १२ आइतबार १७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

संरक्षणका लागि परम्परागत बाजा खलःहरूलाई बाजा हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार १७:४७:oo

संरक्षणका लागि परम्परागत बाजा खलःहरूलाई बाजा हस्तान्तरण गरिएको छ। काठमाडौं महानगरका चार वडामा रहेका ४४ धिमे बाजा खलः, गुँला बाजा खलः, नायखिं बाजा खलः र भजन मण्डलसहितका परम्परागत बाजा सञ्चालन गरी आएका खलःहरूलाई वडा नम्बर २१ को व्यवस्थापनमा  रहने गरी ती बाजाहरू हस्तान्तरण गरिएको हो।

बागमती प्रदेशका सांसद एवं पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री डाक्टर अजयक्रान्ति शाक्यको प्रमुख आतिथ्यतामा बाजाको हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै शाक्यले मूर्त–अमूर्त सम्पदाको संरक्षणमा आफू निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे । ‘काठमाडौं मात्रै होइन बागमती प्रदेशका मूर्त–अमूर्त सम्पदा संरक्षणमा म निरन्तर लागिरहनेछु,’ सांसद शाक्यले भने।  

बागमती प्रदेश सरकारको विषयगत मन्त्रालयअन्तर्गत तत्कालीन उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि आर्थिक वर्ष ०७८/७९ मा विनियोजित रकम पचास लाखबाट काठमाडौं निर्वाचन क्षेत्र नं.९ (क) अन्तर्गतका वडा नम्बर १२, १४, २१ र २२ मा बाजा संरक्षण कार्यक्रम थालिएको हो।

ad
ad
ad
ad