मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १२ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १२ आइतबार १७:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मदन भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार १७:४o:oo

एमालेका तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७१औँ जन्मजयन्ती देशभर साताव्यापी कार्यक्रमसहित मनाइने भएको छ । मदन भण्डारी फाउन्डेसन, मदन भण्डारी कला साहित्य प्रतिष्ठान, मदन भण्डारी बौद्धिक मञ्च, मदन भण्डारी स्पाेर्टस् एकेडेमीले १० देखि १६ असारसम्म प्रदेश, जिल्ला र पालिकास्तरमा जन्मजयन्तीका अवसरमा विविध कार्यक्रम आयोजना गर्न लागेको हो । 

फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गरी जन्मजयन्तीका अवसरमा जनताको बहुदलीय जनवादका विषयमा राष्ट्रिय विचार गोष्ठी, दुईवटा राष्ट्रिय पुरस्कार वितरण, लोकतान्त्रिक आन्दोलनका योद्दाहरूको सम्मान कार्यक्रम गरिने जानकारी दिएको छ । 

जबज र नेपाली कम्युनिस्ट आन्दोलनका विषयमा विभिन्न आमसंचार माध्यमका सम्पादकहरूसँग अन्तर्क्रिया, भण्डारीका विचारका विभिन्न पक्षहरूबारे संवाद चलाउने, निबन्ध, साहित्य, कवितालगायतका साहित्यिक कार्यक्रम, चित्रकला, फोटो र भिडियो प्रदर्शनीजस्ता कार्यक्रम राखिएको छ । 

खेलकुद प्रतियोगिता, खेल नीतिबारे बहस, खेलाडी सम्मान, सडक सुरक्षाबारे अन्तर्क्रिया,  सचेतनामूलक कार्यक्रम, विद्यालय र कलेजहरूमा वृक्षारोपण, विपद् प्रभावितलाई राहत वितरण र मानवीय सहयतासम्बन्धी कार्यक्रम, रक्तदान, भिडियो निर्माण प्रतियोगिता, विभिन्न विश्वविद्यालयअन्तर्गतका संकाय एवं विभागहरूसँगको सहकार्यमा जबजको सान्दर्भिकता र प्रयोगका विषयमा प्राज्ञिक संवादलगायतका कार्यक्रम राखिएका छन् ।

कृष्ण राईलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार 
मदन भण्डारी फाउन्डेसनले २०७८ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार सुनसरी धरानका कृष्ण राईलाई प्रदान गर्ने भएको छ । एक लाख रुपैयाँ राशिको सो पुरस्कार आगामी १४ असारमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा फाउन्डेसनका संरक्षकसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले राईलाई प्रदान गर्नेछन् ।

०५४ सालदेखि अर्गानिक खेतीमार्फत समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा योगदान गर्दै कृषि क्षेत्रमा नवीन प्रयोग गरेवापत सोताङ अर्गानिक फार्म प्रालिका सञ्चालक राईलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको फाउन्डेसनले विज्ञप्तिमार्फत जनाएको छ ।

मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार ललितपुरको प्रेरणा महिला माध्यमिक विद्यालयलाई प्रदान गरिने जनाइएको छ । उमेर र विपन्नताका कारण शिक्षाको पहुँचबाट टाढा रहेका किशोरी र महिलाहरूलाई विद्यालय शिक्षाको पहुँच पुर्याउने अभियानको नेतृत्व गरेवापत सो विद्यालयलाई प्रदान गर्न लागिएको हो ।