१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर
२०७९ असार १२ आइतबार १५:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्योगको क्षमता बढाउन आवश्यक छ : मन्त्री बडू

Read Time : < 1 मिनेट
२०७९ असार १२ आइतबार १५:२९:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरूको क्षमता बढाउन आवश्यक रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो बताएका हुन् । 

मन्त्री बडूले कतिपय उद्योग आफ्नो पूर्ण क्षमतामा चल्न नसकेको भन्दै सबै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सके देशभित्र नै रोजगारीको अवसर सिर्जना हुने बताए । उनले अहिलेको बजेटले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजाने प्रयत्न गरेको दाबीसमेत गरे । 

‘रुग्ण उद्योग सञ्चालनका लागि उपयुक्त ढाँचा बनाउने, सरकारले स्वयं वा सरकार र निजी क्षेत्रको पिपिपी मोडेल वा त्यसभन्दा अतिरिक्त लामो लिजमा दिएर पनि चलाउने, निजी क्षेत्रले पनि चलाउन सक्छ, सरकारलाई दिने राजस्व सन्दर्भमा हामीले यो नीतिगत बाटामा जानुपर्छ । बन्द रहेका सबै उद्योग चलाउन सके रोजगारीको अवसर हुन्छ,’ उनले भने, ‘समग्रमा मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजाने प्रयत्न अहिलेको बजेट वक्तव्यले गरेको छ । सरकारको त्यो नीति रहेको छ । आजको भन्दा बढी रोजगारी र उत्पादन वृद्धि गर्नेतर्फ हामी जान्छौँ ।’