मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार ११ शनिबार ०९:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित एक पक्राउ 

Read Time : < 1 मिनेट
२०७९ असार ११ शनिबार ०९:१४:००

लागुऔषधसहित प्रहरीले रौतहटबाट एकजनालाई पक्राउ गरेको छ । लागुऔषध विशेष व्युरो वीरगन्ज र प्रहरीचौकी पौराई रौतहटको संयुक्त टोलीले लागुऔषध नाइट्रोभेट ट्याबलेटसहित सर्लाही घर भएका एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको बरहथवा नगरपालिका १४ घर भएका ३६ वर्षीय मनोजकुमार सिंह रहेकाे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले बताए । 

शुक्रबार साँझ पक्राउ परेका सिंहको साथबाट नाइट्रोभेट ४८० पिस बरामद गरेको हो । सिंहलाई पूर्व–पश्चिम राजमार्गको पौराई सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।