मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १० शुक्रबार
  • Thursday, 18 September, 2025
२o७९ असार १० शुक्रबार १८:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर महानगरपालिकाभित्रको जग्गा र बागमती करिडोर क्षेत्रभित्र पुनः नापजाँच गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १० शुक्रबार १८:३८:oo

ललितपुर महानगरपालिकाभित्रको जग्गा तथा बागमती करिडोर क्षेत्र पुनः नाप जाँच गरिने भएको छ। जिल्ला नापी कार्यालयलाई उक्त नापीको दिने गरी महानगरले नयाँ कार्यक्रम घोषणा गरेको हो।

महानगरपालिकाले शुक्रबार नीति तथा बजेट प्रस्तुत गर्दै यो वर्ष उक्त कार्यक्रमलाई समेटिएको जनाएको छ। त्यसको लागि बजेटको व्यवस्था गरिएको छ। नापी गर्दा सरकारी र व्यक्तिगत जमिन तलमाथि भएको पाइएमा कारबाही हुनेछ। त्यस्तै, ललितपुरभित्र पर्ने बागमती करिडोर व्यवस्थित गरिनेछ।