मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १० शुक्रबार १७:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल भित्रिएको २०औँ दिनमा बल्ल कर्णाली पुग्यो मनसुनी वायु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १० शुक्रबार १७:०६:००

नेपालमा मनसुन भित्रिएको २०औँ दिनमा बल्ल कर्णालीसम्म फैलिएको छ । सामान्यतः मनसुन भित्रिएको एक साताभित्र देशभर फैलिएर झरी पर्ने हुन्छ । तर, यो वर्ष औसतभन्दा ९ दिन अर्थात् २२ जेठमै मनसुन भित्रिए पनि देशभर फैलन सकेको छैन ।

पूर्व र मध्य नेपालमा केन्द्रित रहेको मनसुनी वायु शुक्रबार लुम्बिनी र कर्णालीमा पुगेको जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरेर जनाएको हो । सुदूरपश्चिममा भने केही दिनभित्र मनसुन प्रणाली प्रवेश हुने आकलन विभागले गरेको छ  ।

प्रदेश १ मा  २२ जेठमा मनसुन भित्रिए पनि मधेस, बागमती र गण्डकीमा २६ जेठमा मात्र पुगेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। कमजोर मनसुनी वायुले पश्चिमी न्यून चापीय प्रणालीलाई विस्थापित गर्न नसक्दा पश्चिम नेपालमा छिटफुटबाहेक वर्षा हुन सकेको छैन ।