मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ९ बिहीबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ९ बिहीबार १४:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाँजाले अर्थतन्त्रमा सुधार ल्याउँछ, वैधानिक गरौँ : सांसद तामाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ९ बिहीबार १४:१२:oo

एमालेका सांसद शेरबहादुर तामाङले संसदमा विचाराधीन अवस्थामा रहेको गाँजासम्बन्धी विधेयक पास गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद तामाङले संयुक्त राष्टसंघले समेत गाँजालाई वैधानिकता दिएको भन्दै नेपालमा पनि यसलाई छिटोभन्दा छिटो वैधानिकता दिनुपर्ने बताए।
 
उक्त विधेयक पास हुनेबारे धेरैले प्रश्न गरिरहेको बताउँदै उनले यसमा जनताको तर्फबाट समर्थन रहेको जिकिर गरे। गाँजाको प्रयोगबाट बनेका औषधिले एड्स,  क्यान्सर, छारेजस्ता जटिल रोग निको हुने भन्दै उनले यसलाई वैधानिकता दिनुपर्ने बताए।

‘नेपालमा जताजतै उत्पादन हुने गाँजालाई वैधानिक गरौँ,’ उनले भने, ‘बाँझो रहेका कृषियोग्य भूमि र बेरोजगार युवालाई यसको व्यवसायमा लगाउन सकिन्छ। यसले देशको आर्थिक अवस्थामा पनि सुधार ल्याउँछ।’ गाँजासम्बन्धी विधेयक करिब साढे दुई वर्षदेखि संसदमा अड्किएको छ।