१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार ८ बुधबार ११:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला स्वास्थ्य कार्यालयकाे गेटनजिक खेतमा भेटियो शंकास्पद वस्तु

Read Time : < 1 मिनेट
२०७९ असार ८ बुधबार ११:०५:००

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेटनजिकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो । कृषक सोनाम लामाले खेत जोत्ने क्रममा उक्त वस्तु भेटेपछि प्रहरीलाई खबर गरेका छन् । 

भेटिएको शंकास्पद वस्तु पाइप बम रहेको स्थानीले बताए पनि  जिल्ला प्रहरी कार्यालय हुम्लाले शंकास्पद वस्तु रहेको जनाएको छ । नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी कृष्णाराज ओझाले जानकारी दिए ।