दाङमा बसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ। शुक्रबार दिउँसो घोराही उपमहानगरपालिका– १० निवासी मोटरसाइकलचालक ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाका अनुसार दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो।
बस पनि अनियन्त्रित भई पल्टिएको छ। दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.१ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको रा.५प ६६५४ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका– १० गुर्जे खोलानजिक ठोक्किएका थिए।
बसचालक घोराही–१८ फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले बताएको छ।