मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ५ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ५ आइतबार १२:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ल्यान्डफिल साइटमा रंगशाला र पार्क बनाउन चाहन्छु : मेयर साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ५ आइतबार १२:२७:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिसडोलको ल्यान्डफिल साइटमा रंगशाला र पार्क निर्माण गर्ने चाहना व्यक्त गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्वाङसँगको भेटमा मेयर साहले सो कुरा उल्लेख गरेका हुन्।

लिग खेल्ने काठमाडौंका क्लबहरूमा बाहिरका खेलाडीकै वर्चश्व रहेको उल्लेख गर्दै उनले स्थानीय खेलाडी उत्पादन गर्न ल्यान्डफिल साइटमा रंगशाला र पार्क निर्माण गर्न चाहेको बताएका हुन्।

 मेयर साहले भने, ‘हामी  सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौंभन्दा १२ किलोमिटर मात्र टाढा छ, अहिलेको फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ ।’

टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा राति खेल्न मिल्ने गरी फ्लडलाइट जडान गर्ने पनि उनले बताए। अहिले पनि काठमाडौं महानगरले महानगरमा रहेका ए डिभिजन क्लबहरूलाई वार्षिक १० लाख दिँदै आएको छ।

मेयर साहसँगको भेटमा नेम्वाङले महानगरको फुटबल विकासका लागि महानगरसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए। छलफलमा नेम्वाङसहित उपाध्यक्षका उम्मेदवार दावा लामा र नवीन पाँडे पनि सहभागी थिए।