१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ५ आइतबार
  • Saturday, 28 September, 2024
धार्केस्थित पृथ्वी राजमार्गको व्यस्त सडकमै ट्रक रोकेर रासायनिक मल खोस्दै किसान । तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका
२o७९ असार ५ आइतबार o७:३४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सशस्त्रको नियन्त्रणमा रहेका दुई ट्रक मल राजमार्गबाटै किसानले खोसे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ५ आइतबार o७:३४:oo

धादिङको धुनिबेँसी नगरपालिका–६, धार्केस्थित पृथ्वी राजमार्गको व्यस्त सडकमै ट्रक रोकेर किसानहरूले रासायनिक मल खोसेका छन् । अवैध रूपमा धादिङका व्यापारीहरूले ल्याएको मल राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर काठमाडौं लैजाँदै थियो । तर, व्यापारीहरूकै सूचनामा किसानहरूले ट्रक रोकेर रासायनिक मल लिएका हुन् । 

करिब चार सय किसानले ट्रक रोकेर धमाधम मल अनलोड गर्न थाले । शनिबार दुईवटा ट्रकलाई नियन्त्रणमा लिएर, एउटा ट्रकमा चार सय बोरा मल र अर्को ट्रकमा एक सय ५० बोरा रहेको रासायनिक मल किसानहरूले लिएका हुन् । धार्केमा जम्मा भएका किसानले बा.६ख ८२०९ र बा.६ख ८२१० नम्बरका ट्रकलाई रोकेका हुन् । 
भारतबाट भन्सार छली गरेर ल्याइएको मल राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । सशस्त्रको टोलीले शुक्रबार बेलुका नै कुरिनटारमा ट्रक नियन्त्रणमा लिएको र शनिबार काठमाडांै लैजाँदै गर्ने क्रममा किसानले कब्जा गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

‘भन्सार छली गरेर मल ल्याएको राजस्व अनुसन्धान विभागले जानकारी पाएपछि सशस्त्र प्रहरीको टोलीले ट्रकलाई नियन्त्रणमा लिई काठमाडौं लैजाँदै थियो । तर, धार्केमा किसानहरूले ट्रक नियन्त्रणमा लिएर मल लिए,’ उनले भने । मल बोकेको ट्रक धार्केमा आइपुगेपछि किसानहरू आफैँ ट्रकमा चढेर मलका बोरा बोक्न थालेको स्थानीय सफलता आचार्यले बताइन् । ‘किसानले ट्रक रोकेर मल झिक्न थाले । एकछिन त सबै हेरेको हेर्‍यै भए । तर, ठूलो संख्यामा आएका किसानलाई कसैले रोक्न सकेनन्,’ उनले भनिन्, ‘ट्रकमै आएका सशस्त्रले किसानको भिडलाई रोक्ने प्रयास गरे पनि सफल भएन । चार सयको हाराहारीमा जम्मा भएका किसानहरू, स्थानीय र यात्रामा निस्किएकाहरूको भिड थेगिनसक्नुको थियो । पछि खानी खोलाको प्रहरी टोली आएपछि भिड रोकिएको हो ।’ 

रासायनिक मलको पर्खाइमा रहेका किसानहरू ट्रक आउँदै छ भन्ने जानकारी पाएपछि बाटोमै कुरेर बसेका थिए । ‘बिहानदेखि नै राजस्वले समाएको मल आउँछ भनेर व्यापारीले केही किसानलाई सुराकी दिएको थियो । थाक्रे गाउँपालिका–८ का किसान कृष्णहरि थापाले भने, ‘त्यहीअनुसार रासायनिक मल बोकेको ट्रक कब्जा गरेर किसानले मल लिएका हुन् । करिब चार सयजनाजति आएका किसानले सहजै ट्रकलाई कब्जा गरे । मल अभावको समस्या भोगेका किसानहरूले मल लिएर दसैँ मनाएबराबर भयो ।’ 

रासायनिक मल धादिङलगायत देशभर अभाव छ । किसानहरू मर्कामा परिरहेका छन् । तर, न सरकारले सहुलियत दरमा मल व्यवस्था गर्न सकेको छ, न त व्यवसायीहरूले अवैध रूपमा मल ल्याएर महँगो शुल्कमा बिक्री गर्न छाडेका छन् । एक बोरा मलको दुई हजार आठ सयसम्म तिरेर किन्नुपरेको उनीहरूको गुनासो छ । तर, शनिबार धादिङका व्यापारीहरूले कर छली गरेर ल्याएको मल राजस्व अनुसन्धान विभागको नियन्त्रणमा रहे पनि किसानले कब्जा गरेर लिएका हुन् । 

धादिङका व्यापारीहरूले कर छली गरेर मल ल्याएको हो । तर, कुन व्यापारीले ल्याएको भन्ने खुलिनसकेको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । ट्रकलाई नियन्त्रणमा लिएर काठमाडौं लगिएको छ । राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।