१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ५ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ५ आइतबार o७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला टी– २० च्याम्पियनसिप,  नेपालको दोस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ५ आइतबार o७:१९:oo

नेपालले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङ्समा १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो । कुवतेका लागि प्रियदा मुरालीले ४० बल खेलेर  सर्वाधिक ३१ रन जोडिन् ।

यस्तै, मरियम्मा हेदरले १६ तथा कप्तान अम्ना तारिकले १४ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि सीताले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् ।

यस्तै, संगीता राई, इन्दु बर्मा र अस्मिना कर्माचार्यले एक–एक विकेट लिए । पहिलो इनिङ्समा नेपालका लागि कप्तान रुविना क्षेत्रीले २७ बलमा ३४ रन र इन्दु बर्माले ३३ बलमा २८ रन बनाएका थिए ।

यस्तै, ओपनर ज्योति पाण्डेले १५, विन्दु रावलले ११ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कुवेतका लागि मरियम्मा हैदरले दुई तथा मरियाम ओमार र खदिजा खालीले एक–एक विकेट लिए ।

ad
ad
ad
ad