मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ४ शनिबार
  • Friday, 11 July, 2025
२o७९ असार ४ शनिबार १५:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसपिपीले हामी कूटनीति अभ्यासमा गम्भीर नरहेको स्पष्ट पार्‍याे : महामन्त्री शर्मा (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ४ शनिबार १५:२१:oo

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व तह कूटनीति अभ्यासमा गम्भीर नरहेकाे बताएका छन्। नेपाल शिक्षक संघ ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको कार्यक्रममा उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे निर्णय भइसक्दासमेत सार्वजिनक नगरिएकाेप्रति यस्ताे टिप्पणी गरेका हुन्।

उनले एमालेले कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसद्मा बोले पनि त्यसको २४ घन्टा नबित्दै एसपिपी ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको दाबीसमेत गरेका छन् ।

'यसले दुई–तीनवटा कुरालाई सार्वजनिक रूपमा क्लिएर गरेको छ। एउटा, हामी कति कूटनीति अभ्यासका बारेमा गम्भीर रहेनछौँ । कुनै पत्र लेखिन्छ, पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ। पत्र पाउनेले पाइसक्छ, लेख्नेले लेखिसक्छ। न तपाईं थाहा पाउनुहुन्छ, न म थाहा पाउँछु, न सरकारले थाहा पाउँछ। अनि संसद्मा उभिएर कसैले आक्षेप लगाउने ढंगले भनिदिनुहुन्छ– हामीले त रोक्ने प्रयत्न गरेका थियौँ, कांग्रेस गम्भीर भएन। २४ घन्टा पुग्दै गर्दा थाहा हुन्छ, जसले त्यसरी खरो स्वरमा बोल्नुभयो, उहाँहरूकै पालामा त्यसरी लेखिएको रहेछ,' उनले भने। 

कूटनीतिक मर्यादाविपरीत एसपिपीमा सामेल भएर नेपाली सेना पनि पहिलोपटक विवादमा सामेल भएको भन्दै महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरे। प्रधानमन्त्री शेरबहादुर देउवाले एसपिपी नेपालको हितमा नभएकाले अघि नबढाउने स्पष्ट पारिसकेकाे भन्दै उनले राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन्।

'यस्तो विषयवस्तु आउँदै गर्दा एकले अर्कोलाई खसाल्ने ढंगले अभिव्यक्ति आउने कुराले राष्ट्रिय एकतालाई बलियो बनाउने होइन, कमजोर बनाउने र यस्ता विषयलाई राजनीतिको सिकार बनाउने कुराले समुन्नत राष्ट्र बनाउने कुरामा बाध्य पुर्‍याउँछ,’ उनले भने।