१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७९ असार ३ शुक्रबार १८:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस, एमाले र समाजवादी जसले जिते पनि आफैँले जिते जस्ते लाग्छ - प्रचण्ड (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ३ शुक्रबार १८:o३:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन एमाले, कांग्रेसले जसले जिते पनि आफैँले जितेको जस्तो अनुभूति भएको बताएका छन्। शुक्रबार चितवनमा समृद्ध भरतपुरको आगामी कार्यदिशाका विषयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले कसले कति जित्यो अरूको लागि त्यो ठूलो कुरा भए पनि आफ्नो लागि नभएको भन्दै प्रचण्डले चुनाव हुनु नै आफ्नो जित भएको बताएका हुन् । 

‘देशनै चुनावमा जान्छ जाँदैन भन्ने भएको थियो ।  पोहोर साल संविधान नै च्यातिने हो कि र परिवर्तनै प्रतिगमनमा जाने हो कि भन्ने थियो,’ उनले भने, ‘त्यसलाई सच्याएर चुनाव सफलतापूर्वक सम्पन्न भएपछि अहिले त नेपाली कांग्रेसले जिते पनि मैले नै जितेको जस्तो लाग्छ, समाजवादीले जिते पनि मैले नै जितेको जस्तो लाग्छ, एमालेले जितेको पनि मैले नै जितेको जस्तो लाग्छ । ’
 
कार्यक्रममा उपस्थितलाई  प्रश्न गर्दै प्रचण्डले भने, ‘मेरो बुद्धि बिग्रिएको हो कि, साँच्चै हो, तपाईंहरू विचार गर्नुस् ।’ उनले थपे, ‘यो अर्थमा भन्दै छु कि पाँच वर्ष दह्रोसँग  स्थानीय तह बन्यो, अब कसैले भत्काउन सक्दैन । कसैले यसलाई प्रतिगमनतिर लान सक्दैन । त्यस अर्थमा मैले नै जितेको जस्तो लाग्छ । ’

उनले अहिले पनि समस्या र चुनौती भएको भन्दै त्यसको सामना गर्नतर्फ गठबन्धनको सरकार अगाडि बढेको पनि बताए । प्रदेश र संघको निर्वाचनसम्म पनि हामीसँगै जान्छौँ । प्रचण्डले भने, ‘शान्ति प्रक्रिया टुंगाउने सँगै विकासको नयाँ युगमा जानेतर्फ पनि हामी सामूहिकतामा जान्छौँ । अहिले देशमा एक्लै हिँड्ने प्रवृत्ति र मिलेर हिँड्ने प्रवृत्तिबीच लडाइँ परेकोसमेत उनले बताए । 

प्रचण्डले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) नेपालका छिराउने पनि केपी ओली नै भएको प्रमाणित भइसकेको भन्दै राष्ट्रवादको ढोङको पछि नलाग्न र सक्कली राष्टिवाद हुनसमेत सबैमा अपिल गरे । प्रचण्डका अनुसार अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुनेछ ।