१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३ शुक्रबार १७:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अरूलाई गाली गरेर राष्ट्रवादी बन्न खोज्दा देशको विकास भएन - सुजाता कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३ शुक्रबार १७:४९:००

नेपाली का‌ग्रेसकी नेतृ एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सधैँ राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको दाबी गरेकी छिन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेतृ कोइरालाले अरूलाई गाली गरेर र जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको जिकिर गरेकी हुन्।

उनले नेपालमा भारत र अमेरिकाको कुरा आउनेबित्तिकै विवाद सुरु हुन थालेको भन्दै यो राम्रो नभएको बताइन्। उनले समितिमा लामो समयसम्म देशको प्रधानसेनापतिजस्तो व्यक्तिलाई राख्नु लज्जास्पद भएको तर्क गरिन्। उनले अन्तर्राष्ट्रिय जगतले पनि यस्ता कुरामा चासो राखिरहेको हुने भन्दै साना कुरामा अल्झिएर बस्न नहुने बताउनु बताइन् ।  

नेतृ कोइरालाले प्रधानमन्त्री, गृहमन्त्री र प्रधानसेनापतिसमेतले एसपिपी नेपालमा स्वीकार्य हुँदैन भन्ने कुरा स्पष्ट पारिसकेको भन्दै सधैँ काम नभएको जसरी बिनातुकका गफ गरेर बस्न नहुने बताइन् ।