Skip This
एमसिसी हरेक पार्टीको प्रधानमन्त्रीले अघि बढाएका हुन्, अहिले लिन्न भन्नुहुँदैन : नेतृ कोइराला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी हरेक पार्टीको प्रधानमन्त्रीले अघि बढाएका हुन्, अहिले लिन्न भन्नुहुँदैन : नेतृ कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:२३:oo

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले एमसिसी पास गर्न ढिलाइ गर्न नहुने बताएकी छिन्। मंगलबार नयाँबानेश्वरस्थित संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमसिसीलाई सबै दलले अघि बढाएको उल्लेख गर्दै सबै दलले मिलेर पास गर्नुपर्ने बताइन्।

अनुदान लिन्न भन्नु हास्यास्पद भएको भन्दै उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसिसी टेबुलबाट पास गर्नुपर्ने बताइन्। उनले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने षड्यन्त्रकारी शक्ति रहेको भन्दै हरेक पार्टीले समर्थन गरेर एमसिसी पास गर्नुपर्ने बताइन्।

‘नेपाल जहिले पनि एउटा गरिब मुलुक भयो, एउटा यस्तो समुदाय छ नेपालमा जसले विकास नै हुन दिँदैन। कुनै पनि ठूला योजना आउन दिँदैन। जहिले पनि यसलाई बिगार्ने षड्यन्त्र हुन्छ। यो आयोजना हरेक पार्टीको प्रधानमन्त्रीले अघि बढाएको छ। हरेक पार्टी र त्यसबाट बनेका प्रधानमन्त्रीले यो लिन्न यो स्वीकार्य हुन्न भन्नुहुँदैन। उहाँहरूले यसमा सहयोग गर्नुपर्छ। डबल स्ट्यान्डर भएर काम गर्नुभयो भने उहाँहरूको छवि जनतामा बिग्रेर जान्छ,’ उनले भनिन्।

नेतृ कोइरालाले एमालेसहितका सबै दलहरूले सरकारमा रहँदा एमसिसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन धारणा राखिन्।

ad
ad