१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३ शुक्रबार
  • Tuesday, 02 July, 2024
२o७९ असार ३ शुक्रबार १७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चार वर्ष नासु, ६ करोड बढी गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ३ शुक्रबार १७:२७:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड २४ लाख बढी गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा पूर्वनायब सुब्बा (नासु) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलबलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

आयोगमा प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भण्डारीविरुद्ध छ करोड २४ लाख चार हजार ६ रूपैयाँ ४४ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको छ। आयोगले उजुरीका आधारमा अनुसन्धान गर्दा भण्डारीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको हो। 

आयोगले उनको सेवा अवधि गणना गर्दा २६ लाख ६१ हजार ६ सय ३६ रुपैयाँ ९ पैसा मात्र आर्जन भएको देखिन आएको र गैरकानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको आरोप-पत्रमा उल्लेख गरेको छ। 

भण्डारीले  २०७३ असोजमा नासुमा नाम निकालेका थिए भने २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए । उनले जम्मा चार वर्ष मात्र सरकारी सेवामा बिताएका थिए ।  
 

ad
ad
ad
ad