मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३ शुक्रबार १६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसपिपीमार्फत सरकारले विपदमा नागरिकका लागि सहयोग मागेकाे हाे  ः नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३ शुक्रबार १६:५४:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्टेट पाटनरसिप प्रोग्राम(एसपिपी)मार्फत विपद्का वेलामा सरकारले नागरिकका लागि सहयोग मागेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरे ।   

राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने बताउँदै नेता सिंहले राष्ट्रहितविपरीतका काम कांग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह गरे । नेता सिंहले हरेक सरकारले चाल्ने गतिविधिहरू पारदर्शी हुन आवश्यक रहेको पनि बताए ।

नेता सिंहले सरकारले कुनै पनि हालतमा एसपिपी सम्झौता स्वीकार्य नहुने भनिसकेको भन्दै यसलाई शंकाको दृष्टिले हेर्न उचित नहुने बताए ।