नेपाल सरकारले बेलायत सरकारसँगको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले बेलायत सरकारसँगको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।
त्यस्तै सरकारले राष्ट्रिय बिमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने तथा जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने ३७६ मिलियन जापानी येन (करिब ३६ करोड ६२ लाख रुपैयाँ)को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।