मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १ बुधबार १o:२६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

६ वर्षअघि राष्ट्रिय क्षयरोग केन्द्रले किनेका दुईवटा बस सञ्चालनमा नआउँदै बिग्रिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १ बुधबार १o:२६:oo

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले ६ वर्षअगाडि खरिद गरेका दुईवटा आइचर बस प्रयोगमा नआउँदै बिग्रिएका छन् । केन्द्रका तत्कालीन निर्देशक डा. विकास लामिछाने र हालका एकीकृत स्वास्थ्य सूचना प्रणालीका प्रमुख अनिल थापाको पालामा घुम्ती सेवाका लागि भन्दै बस खरिद गरिएको हो ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार ०७२ मा सुविधासम्पन्न दुईवटा आइचर बस खरिद गरिएको थियो । बस खरिद गर्दाका कुनै पनि कागजपत्र सुरक्षित राखिएको छैन । केन्द्रका एक उच्च अधिकारीका अनुसार दुईवटा आइचर बस रातो किताबमा समावेश गरिएको एक करोड २० लाख बजेटभित्रबाट खरिद गरिएको हो । 

स्वास्थ्य मन्त्रालय र मातहतका शाखा, महाशाखा, विभाग तथा विभिन्न केन्द्रहरूले आफैँले खरिद गर्दा विवाद हुने भएपछि पछिल्लो समय ग्लोबल फन्ड, डब्लुएचओ, युएसएड, जाइकाजस्ता दातृ निकायमार्फत बजेट खर्च गर्न लगाएर सवारीसाधन खरिद गर्दै आएका छन् । बस खरिदसम्बन्धी सबै कागजपत्र लुकाइएको छ । नयाँ खातामा सारेको विवरणअनुसार सुविधासम्पन्न आइचर एक्सरे भ्यान हो । 

प्रतिबस ३० लाख ९९ हजार नौ सयका दरले दुईवटा बस खरिद गर्दा ६१ लाख ९९ हजार आठ सय रुपैयाँ खर्च भएको छ । आइचर बसको नम्बर २९२४ र २९२५ छ । क्षयरोग केन्द्रका कर्मचारी भाडामा अरू बस लिएर कार्यक्रममा जान्छन्, तर आफ्नै बस प्रयोग गर्दैनन् । जसकारण वर्षौंदेखि बस प्रयोगमा नआउँदा घामपानीले पार्टपुर्जा बिग्रिएका छन् । दुवै बसलाई क्षयरोग केन्द्रको स्टोर भवनको आँगनमा थन्क्याइएको छ । बसका विषयमा केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।