Skip This
बाँकेमा अत्यधिक गर्मी : विद्यालयमा थप तीन दिन बिदा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १ बुधबार
  • Thursday, 19 September, 2024
२o७९ असार १ बुधबार १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेमा अत्यधिक गर्मी : विद्यालयमा थप तीन दिन बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १ बुधबार १o:oo:oo

अब ५ असारमा मात्रै विद्यालय खुल्ने

बाँकेका तीनवटा पालिकाले विद्यालयमा गर्मी बिदा थप गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले गर्मी बिदा तीन दिन थप गरेका हुन् । तापक्रम घट्नुको साटो झन् बढ्दै गएपछि विद्यालयमा गर्मी बिदा थप गरिएको कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बताए । कोहलपुर नगरपालिकाले आफूमातहतका विद्यालयमा २७ देखि ३१ जेठसम्म गर्मी बिदा दिएको थियो । अब कोहलपुरका विद्यालय ५ असारमा मात्र खुल्नेछन् ।

नेपालगन्ज उपमहानगरले पनि गर्मी बिदा तीन दिन थप गरेको छ । ३१ जेठमा सूचना जारी गरी उपमहानगरले तापक्रम नघटेकाले ३ असारसम्मका लागि गर्मी बिदा तीन दिन थप भएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । नेपालगन्जले पनि २७ देखि ३१ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको थियो ।

उता, २७ देखि ३१ जेठसम्म गर्मी बिदा दिएको खजुरा गाउँपालिकाले पनि विद्यालयलाई गर्मी बिदा थप गरेको छ । शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लका अनुसार त्यहाँका विद्यालय  पनि ५ असारदेखि मात्र सञ्चालनमा आउने भएका छन् । ४ गते शनिबार परेकोले ५ असारदेखि मात्र खजुराका विद्यालयमा पठनपाठन हुने उनले बताए ।

राप्ती–सोनारी गाउँपालिकाले पनि विद्यालयमा तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मीले विद्यार्थीलाई विद्यालय आउजाउ गर्न र विद्यालयमा कोठामा बसेर अध्ययन, अध्यापन गराउन समस्या भएपछि तीन दिनका लागि गर्मी बिदा दिइएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए । उनले राप्ती–सोनारीका विद्यालयमा ५ असारदेखि नियमित रूपमा पठनपाठन हुने जानकारी दिए ।  पछिल्लो समय बाँकेको तापक्रम ४०  डिग्री सम्म पुग्ने गरेकाे छ ।  पानी नपरेका कारण तापक्रम नघटेकाले अत्यधिक गर्मीले जनजीवन नै प्रभावित भएको छ ।