मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ३१ मंगलबार
  • Saturday, 12 July, 2025
२o७९ जेठ ३१ मंगलबार १८:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको स्थायी कमिटीमा स्थानीय निर्वाचनको समीक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३१ मंगलबार १८:४५:oo

नेकपा (एकीकृत (समाजवादी)को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय मीनभवनमा मंगलबार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु भएको हो । 

सचिवालयको तर्फबाट प्रस्तुत समीक्षा प्रतिवदेनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए। उनले प्रतिवेदनमा नेताहरूले आ–आफ्नो धारणा राखेको र त्यसबाट शिक्षा लिएर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको बताए । 

खनालका अनुसार प्रतिवेदनमा पाँचदलीय गठबन्धन सम्मानजनक नभएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालिएको छ । खनालले भने, ‘स्थानीय तह निर्वाचनको सम्बन्धमा समीक्षा बैठक हो यो । समीक्षासम्बन्धी एउटा प्रतिवेदन तयार भएको छ । यसमा सबैले आ–आफ्नो कुरा राख्नुभएको छ । छलफल हुँदै छ । र, यो समीक्षाको सन्दर्भमा वास्तवमा पाँच दलको बीचमा जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले भएन । सम्मानजनक भएन । त्यसले गर्दा आउनुपर्ने परिणाम पनि आएन । कुरा त्यो हो । तर, त्यसबाट के शिक्षा लिने भन्ने बारेमा अझै छलफल गर्दै छौंँ। त्यो क्रम जारी छ ।’

बैठक बुधबार पनि जारी रहने र निर्वाचनको समीक्षाबारे पार्टीको ठोस धारणा सार्वजनिक हुने एकीकत समाजवादीले जनाएको छ ।