१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३१ मंगलबार
  • Saturday, 05 July, 2025
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ३१ मंगलबार १३:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले खेलाडीका लागि खेलकुद बिमा सुरु गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ३१ मंगलबार १३:३o:oo

सरकारले खेलाडीको संरक्षण र विकासका लागि खेलकुद बिमाको अवधारणा ल्याएको छ। मंगलबार प्रतिनिधिसभाको विनियोजित बजेटमा उठेका मन्त्रालयअन्तर्गतको युवा तथा खेलकुदमन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेलकुद बिमाको अवधारणा ल्याइएको बताए।

‘खेलाडीहरूको संरक्षण र विकासका लागि आगामी आर्थिक वर्षमा खेलकुद बिमाको अवधारणा विकास गरिएको छ। दुर्घटनामा परेका खेलाडीको उपचार गर्न, चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेट विनियोजन गरिएको छ,’ उनले भने।

उनले आगामी आर्थिक वर्षमा खेलाडीका लागि खेलाडी बिमाअन्तर्गत खेलाडी जीवन बिमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बिमा, खेलाडी तथा प्रशिक्षण आकास्मिक बिमाको व्यवस्था गरेको बताए।

उनले आगामी आर्थिक वर्षमा एक सय ७१ वटा पालिकामा नै बजेटको व्यवस्था गरी खेलपूर्वाधार निर्माण गर्ने सरकारको योजना रहेको बताए। मन्त्री पौडेलले  खेलकुद र खेलाडीको विकास विद्यालय तहदेखि गर्ने उद्देश्यले आगामी आवदेखि नमुनाका रूपमा एक विद्यालय एक खेलमैदानको व्यवस्था गरिने बताए।