नेविसंघ त्रिचन्द्र क्याम्पसले भवन पुनर्निर्माण गरिनुपर्ने र आवश्यक पूर्वाधार निर्माणको माग गर्दै सडकमै बसेर पढेर विरोध गरेका छन्। प्रधानमन्त्री स्वयंले पढेको र नेपालकै जेठाे कलेज भए पनि यसको संवर्द्धनमा सरकार उदासीन रहेको भन्दै मंगलबार उनीहरूले त्रिचन्द्र क्याम्पस बचाउन माग गरे ।
प्लेकार्डसहित सडकमा उत्रिएका विद्यार्थीले इतिहास ढल्दै छ, सरकार मौन छ, शिक्षा मन्त्रालय हराएको सूचना, सेभ त्रिचन्द्र, प्रधानमन्त्रीज्यू, तपाईं पढेको कलेज कहिले बन्ने ? लगायतका नारा लगाएका थिए ।