Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३० सोमबार ०६:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

थाइल्यान्डमा घरपालुवा बिरालोबाट कोभिड सरेको पुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३० सोमबार ०६:४९:००

थाइल्यान्डमा घरपालुवा बिरालोबाट मानिसमा कोभिड संक्रमण सरेको पुष्टि भएको छ । थाइल्यान्डका एक पशुचिकित्सकले गत वर्ष नै संक्रमित घरपालुवा बिरालोबाट कोरोना भाइरस सकेको बताएपछि यसबारे अध्ययन भइरहेको थियो । थाइल्यान्डमा बिरालोबाट मानिसमा कोभिड संक्रमण सरेको पुष्टि भएका यो पहिलो घटना हो । डेल्टा भेरियन्ट संक्रमण देखिएको बिरालोबाट मानिसमा सर्ने तथ्य बिरालो र मानिसले एक–अर्कामा संक्रमण सार्न सक्ने पुष्टि गरेको छ । अध्ययनका अनुसार बिरालोबाट मानिसमा भाइरस संक्रमणको जोखिम एकदमै न्यून हुने गर्दछ । 

थाइल्यान्डको प्रिन्स अफ सोंगक्ला विश्वविद्यालयका वैज्ञानिकले गरेको जिनोमिक अनुक्रमणबाट संक्रमित बिरालोबाट संक्रमण सरेको भएको पुष्टि गरेको हो । विज्ञले सो समयमा बिरालो र मानिस दुवैमा संक्रमण भइरहेको अनुमान गरेका छन् ।यससँगै घरपालुवा जनावरबाट पनि भाइरस संक्रमणको जोखिम रहेकाले सचेत हुनुपर्ने पशुचिकित्सकले बताएका छन् । कोभिडजस्ता भाइरस जुनसुकै जनावरबाट पनि सर्न सक्ने जोखिम रहेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । अध्ययनअनुसार बिरालो र मानिसले एक–अर्कामा संक्रमण सार्न सक्छन् । तर, यो एकदमै न्यून भएको पाइन्छ । अहिलेसम्म बिरालोबाट मानिसमा संक्रमण कसरी सर्छ भन्ने प्रमाणित भइसकेको छैन । 

जर्नल इमर्जिङ इन्फेक्सियस डिजिजमा 
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले प्रकाशित गरेको अध्ययनले बिरालो र मानिसमा संक्रमण सर्न सक्ने जनाएको हो । प्रतिवेदनअनुसार गत वर्षको अगस्ट ४ मा कोभिड पुष्टि भएपछि ८ अगस्टमा बैंककबाट दुईजना बिरामी उपचारका लागि थाइल्यान्डको दक्षिणी क्षेत्र सोंगक्ला लगियो । अस्पतालमा शड्ढया अभावका कारण २० घन्टाको एम्बुलेन्स सवारीमार्फत थाइल्यान्ड पुर्‍याइएको थियो । 

त्यसवेला बिरामीको घरपालुवा बिरालोलाई समेत पशु अस्पताल लगिएको थियो । पशुचिकित्सकले परीक्षणका लागि स्वाब लिने क्रममा बिरालोले हाछ्युँ गर्दा चिकित्सकले मास्क लगाएका थिएनन् । १३ अगस्टमा पशुचिकित्सकमा कोभिडका लक्षण देखिएपछि कोभिड पुष्टि भयो । जिनोम परीक्षणको समयमा बिरालो, बिरालोको मालिक र पशुचिकित्सकमा डेल्टा भेरियन्टको एउटै सबभेरियन्ट पुष्टि भयो । जुन यसअघि सो क्षेत्रमा संक्रमण भएको पाइएको थिएन । ती पशुचिकित्सक सो समयमा अन्य व्यक्तिसँग सम्पर्कमा नरहेको कारण संक्रमणको सम्भावना नरहेको अध्ययनको दाबी छ । पशुचिकित्सकले स्वाब परीक्षणको समयमा बिरालोमा भाइरल लोड अत्यधिक भएका कारण संक्रमण सजिलै चिकित्सकमा सरेकोसमेत अध्ययनले दाबी गरेको थियो ।