मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २७ शुक्रबार १३:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेविसंघको कद घटाउने प्रयास प्रत्युत्पादक हुनेछ : अध्यक्ष शेर्पा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २७ शुक्रबार १३:०३:००

नेपाल विद्यार्थी संघका अध्यक्ष डुजाङ शेर्पाले नेविसंघको कद घटाउने प्रयास प्रत्युत्पादक हुने चेतावनी दिएका छन्। त्रिभुवन विश्वविद्यालको बेथितिविरुद्ध आवाज उठाउँदा नेविसंघलाई जोडेर अनावश्यक गतिविधि भएको भन्दै उनले यस्तो चेतावनी दिएका हुन्।

एक विज्ञप्ति जारी गर्दै शेर्पाले त्रिभुवन विश्वविद्यालयमा जारी प्राध्यापक तथा विद्यार्थीको आन्दोलनका सन्दर्भमा अनेरास्ववियुको आधिकारिक लेटरहेडमा केन्द्रीय अध्यक्षका नामबाट जारी विज्ञप्तिका सन्दर्भमा नेविसंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा त्रिविका पदाधिकारीले प्रजातन्त्रवादी प्राध्यापक तथा कर्मचारीलाई छानीछानी नियतवश दुःख दिने तथा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय पदाधिकारी एवं नेविसंघ समर्थित विद्यार्थीको सामाजिक, राजनीतिक र शैक्षिक योगदानमा हिलो छ्याप्न खोजिएको उल्लेख गरिएको छ। 

‘विभिन्न राजनीतिक, शैक्षिक र सामाजिक आन्दोलनमा हातेमालो गर्दै अघि बढेको सहयात्री विद्यार्थी संगठनले नेविसंघलाई बदनाम गर्ने उद्देश्यले अघि बढ्ने निर्णय गरेको हो भने त्यो अत्यन्तै अशोभनीय र अराजनीतिक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार र राजनीतिक अतिवादको फेरो समातेर नेविसंघको कद घटाउने प्रयास प्रत्युत्पादक हुने निश्चित छ।’

नेविसंघले यसविरुद्ध आज उपकुलपतिको कार्यालयअगाडि पुगेर त्रिविको बेथितिको भण्डाफोर गर्ने कार्यक्रमसमेत राखेको छ ।