१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शिक्षालाई निःशुल्क नगरे मन्त्रालयको आवश्यकता छैन : सांसद सुवाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३८:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यमिक तहको शिक्षालाई निःशुल्क गर्न नसके शिक्षा मन्त्रालयको आवश्यकता नरहने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद सुवालले माध्यमिक तहको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने बताएका हुन्।

विश्वविद्यालय शिक्षा पनि निःशुल्क हुनुपर्ने उनको माग छ। ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मावि शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क नगर्ने हो भने यो मन्त्रालयको आवश्यकता छैन। ठगी गरिरहेका विदेशी विश्वविद्यालयका कलेजहरूको सञ्चालन अनुमति खारेज नगर्ने हो भने यो शिक्षा मन्त्रालयको आवश्यकता छैन। यो शिक्षा मन्त्रालयको औचित्य छैन,’ उनले भने।

सांसद सुवालले तराईका जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य रहेको उल्लेख गर्दै खानेपानी मन्त्रालयको पनि औचित्य नभएको बताए। भक्तपुरको खानेपानी स्रोत बागेश्वर भँगेरीडाँडाको वन मासेर खेलकुद मैदान बनाउने निहुँमा जंगल फँडानी गरी खानेपानीको स्रोत बिगार्नेहरूलाई अहिलेसम्म कारबाही नभएकोप्रति पनि उनले असन्तुष्टि जनाएका छन्।

ad
ad