मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २६ बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ जेठ २६ बिहीबार १२:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २६ बिहीबार १२:२४:oo

चितवनको इच्छाकामना गाउँपालिका– ४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउने काम सकिएसँगै दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।

पहिरो खसेपछि बुधबार रातिदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी रूपमा नै अवरुद्ध  थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले अहिले सडक सञ्चालनमा आए पनि पानी परिरहेको र विभिन्न ठाउँमा पहिरो खसिरहेको भन्दै सुरक्षित भएर यात्रा गर्न अनुरोध गरेका छन्।