मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Wednesday, 29 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ २४ मंगलबार १o:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोर थुप्रिएर पाउनुभएको दु:खका लागि क्षमाप्रार्थी छौँ : मेयर साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार १o:३५:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरको फोहोर छिट्टै व्यवस्थापन हुने बताउँदै अहिलेसम्म फोहोर थुप्रिएकोप्रति क्षमा मागेको छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दुःख व्यक्त गर्दै महानगरवासीसँग क्षमा मागेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘अब फोहोर उठ्नेछ । यो सबैका लागि नि:सन्देह खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनुभएको दु:खका लागि क्षमाप्रार्थी छौँ ।’ उनले कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दु:ख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिएको भन्दै महानगरवासीलाई धन्यवाद दिएका छन्।

हाल महानगरभित्र थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन गरिसक्ने उनले प्रतिबद्धता जनाएका छन्। त्यसका निम्ति उनले महानगरवासीसँग सहयोग पनि माग गरेका छन्। ‘समाधान तपाईंहरूको साथविना सम्भव हुँदैन । त्यसैले  हामी आग्रह गर्छौँ कि अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरू छुट्टिएर निस्किऊन्,’ उनले भनेका छन्, ‘कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ ।’

उनले अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ने बताउँदै अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलगअलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गर्न महानगरवासीलाई अनुरोधसमेत गरेका छन्।