१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Saturday, 21 September, 2024
२o७९ जेठ २४ मंगलबार o७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसले आफ्नै काकीमाथि गोली प्रहार गरे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार o७:५५:oo

सोमबार पश्चिम नवलपरासीको रामग्राम– ५ अदालतमार्गमा गोली चलेको छ । घटना नवलपरासी जिल्ला अदालतनजिकै ५० मिटर पर भएको हो । पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भए पनि मानवीय क्षति भने भएको छैन ।

सोमबार जिल्ला अदालत परासीमा अंश मुद्दाको मिलापत्रमा जाने क्रममा जिल्ला अदालतनजिकै हर्षरामले रोशनी यादवलाई लक्षित गरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनले अंशबन्डाको मिलापत्र गर्न नजिकैको वकिलको कार्यालय वरपर छलफल गरिरहेको अवस्थामा एक्कासि गोली प्रहार गरेका थिए । 

गोली प्रहार गर्ने यादव फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । गोली सानो पेस्तोलको जस्तो देखिए पनि कस्तो हतियार प्रयोग गरेको अझै नखुलेको शाहीले बताए । जिल्ला अदालतअगाडि दिउँसोको समयमा नै गोली प्रहार भएपछि स्थानीय त्रसित भएका छन् ।