१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ २४ मंगलबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

आइतबार बिदा दिने निर्णय महिना दिनमै खारेज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार o६:o६:oo

 १ असारदेखि शनिबार मात्र सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा दिने निर्णयबाट सरकार एक महिनामै पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको सार्वजनिक बिदा खारेज गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

१३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउन भन्दै साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । परीक्षणका रूपमा लागू गरिएको बिदा १ जेठदेखि कार्यान्वयनमा आएको थियो । मन्त्री श्रेष्ठले १ असारदेखि बिदा खारेज गर्ने निर्णय भएको जानकारी दिए । अब साबिकबमोजिम नै बिदा र छुट्टी हुने उनले बताए । 

 राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री 

शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा बाँकी समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्बाट खारेज भएको छ । यो व्यवस्था परीक्षणका रूपमा लागू गरिएको थियो । अब १ असारदेखि पहिलेकै व्यवस्था कार्यान्वयन हुनेछ ।

बिदा थप्दा सरकारी तवरबाट हुने इन्धन खर्च घट्ने र त्यसबापत बाहिरिने विदेशी मुद्रा जोगिने तर्कसहित सरकारले आइतबार बिदा दिने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ अकासिँदा खरिदमा ठूलो रकम बाहिरिएर घाटा चुलिन थालेपछि खपत घटाउने एउटा विकल्पका रूपमा सार्वजनिक बिदा बढाएको थियो । तर, आइतबार बिदा दिने निर्णयको सुरुदेखि नै आलोचना भएको थियो । बिदालाई पूर्ति गर्ने गरी बिहान–बेलुकाको कार्यालय समय लम्ब्याइए पनि त्यसको पालना नहुँदा सरकार थप दबाबमा थियो । 

तर, जुन उद्देश्यका लागि बिदाको निर्णय गरिएको थियो त्यो पूरा भएको ठहर सरकारको छ । ‘तत्कालीन अवस्थामा वैदेशिक मुद्रा सञ्चिति बढाउन परीक्षणकालका लागि मात्र आइतबार बिदाको निर्णय भएको थियो,’ एक मन्त्रीले भने, ‘अहिले वैदेशिक सञ्चिति सुधारोन्मुख देखिएर आवश्यक नदेखिएपछि बिदा खारेजीको निर्णय भएको हो ।’ सरकारले वैदेशिक मुद्रा सञ्चिति हल हुने दिशामा गएको दाबी गरे पनि आँकडाहरूले भने सुधारोन्मुख भएको देखिएको छैन । 

न लागू गर्दा अध्ययन, न खारेज गर्दा
विनाअध्ययन थपिएको सार्वजनिक बिदा त्यसैगरी विनाअध्ययन नै कटौती गरिएको छ । सरकारले सुरुमा प्रशासनमा लागू गरेको बिदा पनि विद्यालय र विश्वविद्यालयमा पनि लागू गरिएको थियो । तर, विद्यालय, विश्वविद्यालय मात्र होइन कतिपय स्थानीय तहले समेत आइतबारको बिदा लागू गरेका थिएनन् । असारदेखि सबै क्षेत्र साबिकबमोजिम नै सञ्चालन हुनेछन् । 

दोस्रोपटक सरकारले साताको दुई दिन बिदाको निर्णय गरेको थियो । यो पनि खारेज भयो । ०४८ मा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै सातामा दुई दिन बिदा दिने सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा ०५६ मा सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरिएको थियो । काठमाडौं उपत्यकामा मात्र कार्यान्वयन गरिएको बिदा छोटो समयमै खारेज भएको थियो । दुईदिने बिदाको निर्णयबाट कस्तो आर्थिक प्रभाव प¥यो भन्ने अध्ययन नै नगरी व्यवस्था खारेज गरिएको थियो । त्यही स्वरूपमा अहिले दोस्रोपटक पनि सार्वजनिक बिदा खारेजीको निर्णय भयो ।
 

ad
ad
ad
ad