१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २३ सोमबार २१:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको फोहोर मंगलबार बिहानबाट बन्चरेडाँडामा लैजाने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार २१:४२:oo

काठमाडौंमा थुप्रिएको फोहोर मंगलबार बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ। सहरी विकास मन्त्रालय, काठमाडौैं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

सहरी विकास मन्त्रालयमा सोमबार अबेर काठमाडौं महानगरपालिका, सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको छ ।

सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपणका लागि बजेट विनियोजन गरेको, अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया सुरु गर्ने र प्रभाविक क्षेत्रको बासिन्दाका लागि १० बेडको अस्पताल संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिवद्धता जनाएको छ । 

काठमाडौं महानगरपालिकाले उपत्यकामा उत्पादन हुने फोहोरलाई आगामी १ साउनदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने प्रतिबद्धता जनाएको छ । १० दिनभित्र रासायनिक र जैविक उपचार गरी दुर्गन्ध हटाउने प्रतिवद्धता पनि महानगरले जनाएको छ ।  वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने प्रतिवद्धता पनि काठमाडौँ महानगरले जनाएको छ । 

फोहोर विसर्जनमा ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले सहयोग र सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

 


 

ad
ad
ad
ad