१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २३ सोमबार १७:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री बनाउने विषय सम्बन्धित पार्टीको सार्वभौम कुरा हो : सम्मानित नेता खनाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २३ सोमबार १७:०६:००

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमतिअनुरूप नै पार्टीका मन्त्रीहरूलाई फेरबदल गर्न लागेको बताएका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने विषय पार्टीको सार्वभौम कुरा भएको बताए।

उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरू कुनै तागतले गर्न नसक्ने बताए। उनले छ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषदमा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पारे।

‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा हो। अरूले गर्ने होइन। हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ, यो धर्तीका अरू कुनै तागतले गर्ने कुरा होइन। हामीले पहिले नै सहमति त्यस्तै गरेका थियौँ । छ महिनासम्म एउटा टिमलाई दिने। त्यसपछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो,’ उनले भने।