मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Thursday, 19 December, 2024
२o७९ जेठ २३ सोमबार o८:o४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अंकुरम एकेडेमीका विद्यार्थीले गरे वृक्षारोपण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार o८:o४:oo

विश्व वातावरण दिवसका अवसरमा अंकुरम एकेडेमीका विद्यार्थीले वृक्षारोपण गरेका छन् । विद्यालय परिसरदेखि वडा नम्बर ७ को वडा कार्यालयसम्म करिब पाँच सय धुपी, कपुर, अमलालगायतका बिरुवा विद्यार्थीले रोपेका हुन् । वृक्षारोपण कार्यक्रममा एकेडेमीका अध्यक्ष राजेन्द्रमणि काफ्लेले विद्यालयवरिपरिको वातावरण स्वच्छ र हराभरा बनाउन यस्तो कार्य महत्वपूर्ण रहने बताए । 

स्थानीय पाँचवटा टोल विकास संस्थाको सहकार्यमा विद्यार्थीलाई वातावरणप्रति सजग बनाउन वृक्षारोपण गरिएको विद्यालयले जनाएको छ । बिग्रँदो वातावरणीय अवस्था र यसले गर्दा उत्पन्न चुनौतीको सामना गर्न तथा जागरुक बनाउन कार्यक्रम आयोजना गरिएको एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेलले बताए ।

‘स्कुलबाटै आगामी पुस्तालाई प्रकृति र वातावरणको माया सिकायौँ, रूख रोप्ने अनि पानीको स्रोतलाई माया गर्न सिकाउन सक्यौँ भने पक्कै यसले दिवसको अर्थ राख्छ,’ उनले भने । डिजिटल माध्यमबाट कक्षा सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालित अंकुरम एकेडेमीले स्थापनादेखि नै विद्यार्थीको बौद्धिक र शारीरिक क्षमता विकासका लागि कार्य गर्दै आएको छ ।