१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मुगुमा यार्सा संकलकबाट २५ लाख राजस्व असुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३७:oo

जिल्लाभित्रका व्यक्तिबाट जनही दुई हजार र जिल्लाबाहिरबाट आएकासँग जनही दुई हजार पाँच सयका दरले राजस्व उठाउने गरिएको छ 

मुगुम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलकबाट २५ लाख राजस्व असुली भएको छ । अझै उठाउने क्रम जारी रहेको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ । उक्त गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रतिव्यक्तिबाट दुई हजार र जिल्लाबाहिरबाट आएकालाई प्रतिव्यक्ति दुई हजार पाँच सयका दरले राजस्व उठाउने गरेको छ । 

अझै बढी राजस्व उठाउन गाउँपालिकाको टोली पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने व्यक्तिबाट राजस्व असुलउपर गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताए । अबैध बाटो प्रयोग गरेर यार्सा संकलक पाटन क्षेत्रमा पहिले नै प्रवेश गरिसकेको हुँदा यसपटक कम राजस्व असुली हुने अनुमान गरिएको उनको भनाइ छ । 

लेखा अधिकृत शाहीले भने, ‘विगत वर्षहरूमा कम्तीमा पाँचदेखि ६ हजार यार्सा संकलकबाट राजस्व असुली हुने गर्थ्यो भने यसपटक स्थानीय निर्वाचनले गर्दा कम मानिस यार्सा टिप्न गएको हुँदा राजस्व पनि कमि उठ्ने सम्भावना छ ।’

मुगुम कार्मारोङ गाउँपालिका- २ मा पर्ने विभिन्न पाटन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा सुरक्षाकर्मीसहित राजस्व संकलन टोली खटाइएको छ । 

कोरोना महामारीका कारण विगत तीन वर्षदेखि मुगुम कार्मारोङ गाउँपालिकाले यार्साको राजस्व उठाउन पाएको थिएन । गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि जेठ १५ गतेदेखि प्रवेश खुल्ला गरिएको  हाे । 

ad
ad