१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २२ आइतबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २२ आइतबार o८:१o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

फोक्सो र मुटु प्रत्यारोपणसम्बन्धी अन्तर्क्रिया सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २२ आइतबार o८:१o:oo

भारतको अपोलो अस्पतालले नेपालमा फोक्सो तथा मुटु प्रत्यारोपणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । र्‍याडिसन होटेलमा आयोजना गरिएको कार्यक्रममा फोक्सो र मुटु रोगका जटिलता र भारतमा उपलब्ध उन्नतस्तरको उपचार मोडेलबारे जानकारी गराइएको थियो ।

अन्तर्क्रिया कार्यक्रममा इन्द्रप्रस्थ अपोलो अस्पतालका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभागका वरिष्ठ सल्लाहकार डा. एमएस कुँवर, अपोलो हस्पिटल, नयाँदिल्लीका कार्डियक इलेक्ट्रोफिजियोलोजिस्ट र इन्टरभेन्सनल कार्डियोलोजिस्ट वरिष्ठ सल्लाहकार डा. वनिता अरोरा तथा कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण शल्यक्रिया विशेषज्ञ डा. मुकेश गोयलको सहभागिता रहेको थियो । 

कार्यक्रममा डा. कुँवरले भने, ‘फोक्सो प्रत्यारोपण शल्यक्रिया जटिल छ, यसको जटिलता भनेको शल्यक्रियापछिको तत्काल र दीर्घकालीन हेरचाह पनि हो । विकसित मुलुकहरूमा दशकौँदेखि लोकप्रिय फोक्सो प्रत्यारोपण अहिले भारतमा पनि तुलनात्मक परिणामसहित उपलब्ध छ ।’ 

त्यस्तै, डा. वनिता अरोराका अनुसार देब्रे मुटुले काम नगर्ने अधिकांश बिरामीको उच्च मृत्युको कारण या त मुटुको पम्प फेल हुन्छ या अचानक कार्डियक अरेस्ट हुन्छ । यस्तो अवस्थामा सावधानीपूर्वक जाँच गरेपछि कार्डियक रिसिंक्रोनाइजेसन थेरापी उपकरण वा स्वचालित प्रत्यारोपण योग्य डिफिब्रिलेटर उपकरणहरूबाट बिरामीलाई बचाउन सकिन्छ ।

डा. मुकेश गोयलले भने, ‘फोक्सोको दीर्घकालीन बिरामी भएर बाँच्नु बिरामी र परिवारका लागि निकै कष्टकर तथा खर्चिलो हुन्छ । उपचार विधिका रूपमा फोक्सो प्रत्यारोपणले अन्तिम चरणको फोक्सो रोगबाट पीडित बिरामीको जीवनको गुणस्तर सुधार गर्न सक्छ । फोक्सो प्रत्यारोपणपछि बिरामीले गुणस्तरीय जीवनको आनन्द लिन सक्छन् ।’