निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २४ मंगलबार
  • Tuesday, 09 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २१ शनिबार २०:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सर्वनाम शिक्षालयका शिक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २१ शनिबार २०:०७:००

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा जोरपाटीस्थित सर्वनाम शिक्षालयका शिक्षक रामजी बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले जोहरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनी शिक्षालयमा निमावि तहका शिक्षक हुन् । उनलाई विद्यालय प्रशासनले होस्टेल वार्डेनको जिम्मेवारी पनि दिएको थियो । उनीविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा विद्यालयका तीन विद्यार्थीले जाहेरी दिएका छन् । 

यसअघि विद्यार्थीहरूले विद्यालय प्रशासनमा उनीविरुद्ध निवदेन दिएका थिए । त्यसलगतै उनी फरार भएका थिए । उनी रामेछापमा भएको सूचनापछि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगमा लिइएको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बस्नेतलाई  रामेछापबाट पक्राउ गरिएको बताए । उनले भने, ‘यौन दुर्व्यवहार भएको जाहेरी हामीकहाँ पर्यो । प्रहरीले घटनाको अनुसन्धान गर्यो । यही क्रममा अभियुक्त रामेछाप भएको सूचना आयो । हामीले रामेछाप प्रहरीको सहयोग लियौँ। उनी अहिले पक्राउ परिसकेका छन् ।’

विद्यार्थीको जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक दुर्गानाथ सिवाकोटीलाई नियन्त्रणमा लिएको थियो । घटनाको सम्बन्धमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका बस्नेतलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले बताए।