१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ २१ शनिबार १६:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘दलित समुदायका लागि राज्यले राष्ट्रिय क्षमा दिवस मनाउनुपर्छ’ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ २१ शनिबार १६:४४:००

प्रदेश १ सरकारको समाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले सदियाैँदेखि अमानवीय अत्याचार भोग्न बाध्य दलित र उत्पीडित समुदायका लागि राज्यले राष्ट्रिय क्षमा दिवस मनाउनुपर्ने बताएकी छिन् । १७औँ राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा शनिबार विराटनगरमा आयोजित छलफल कार्यक्रममा बोल्दै राज्यमन्त्री तुम्बाहाम्फेले दमन शोषण गरेकै कारण  दलित र उत्पीडित समुदाय  सदियाैँदेखि अमानवीय अत्याचार भोग्न बाध्य भएकाले उनीहरूको सम्मान र क्षतिपूर्तिका लागि राष्ट्रिय रूपमा सरकारको तर्फबाट नै क्षमा दिवस मनाउनुपर्ने बताएकी हुन् । 

उत्पीडित दलित समुदायको सम्मानका लागि राज्यले उनीहरूको नाममा विद्यालय, अस्पताल, कलेज र विभिन्न प्रतिष्ठान स्थापना गर्नुपर्ने पनि राज्यमन्त्री तुम्बाहाम्फेले बताइन् । भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा राजनीतिक दलहरूले दलितहरूलाई पूर्ण उपेक्षा गरेको पाइएकाले दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको प्रस्ट भएको भन्दै अधिकारका लागि अझै संघर्ष गर्न दलित समुदायलाई उनले आग्रह गरिन् । ‘अझै दलित उत्पीडितहरूले समानुपातिक रूपमा हक अधिकारबाट वञ्चित भइरहनुपरेको छ । त्यसैले तपाईंहरूले दया पाउन हाेइन अधिकार लिन अझै संघर्ष आवश्यक छ’, उनले भनिन् ।  

राज्यमन्त्री तुम्बाहाम्फेले प्रदेश १ सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट सकेसम्म दलितमैत्री बनाउन प्रयास गरिरहेको बताइन् । उनले गरिब तथा दलितहरूलाई निःशुल्क छात्रवृत्ति दिने, उद्यमशीलता विकास गराउने, अन्तर्जातीय विवाह गर्ने आदर्श जोडी र उनीहरूलाई स्विकार्ने अभिभाावकलाई सम्मान गर्नेदेखि जातीय भेदभाव र छुवाछुतविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गराउन बजेट विनियोजन गर्नेबारे छलफल भइरहेको बताइन् ।