Skip This
जनतालाई हेपेर उम्मेदवारी दिँदा नेताको टाउकोमा लौरो बजारियो : रामचन्द्र पौडेल (भिडियाेसहित)
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ २१ शनिबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ २१ शनिबार १४:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनतालाई हेपेर उम्मेदवारी दिँदा नेताको टाउकोमा लौरो बजारियो : रामचन्द्र पौडेल (भिडियाेसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २१ शनिबार १४:३१:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेका छन् । नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन् ।  

शनिवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले काठमाडौं महानगर पालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको धारणा राखे । प्रमुखका उम्मेदवारहरूको कार्यक्षमताको समय सकिसकेकाले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको उनको भनाइ थियो । नेता पौडेलले आफूले काठमाडौं महानगर प्रमुखको उम्मेदवारका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारेपनि निर्णयकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताए । कांग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै जनताले त्यसको सजायका रूपमा नेताको टाउकोमा लौरो लगाइदिएको उनको भनाइ थियो । 

‘राजनीतिक दलहरूले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन । कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो । किनभने जुन उम्मेदवारलाई अघि सारियो उनीहरू उपयुक्त थिएनन् । आउटेडेट भइसकेका थिए । अहिले कांग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन । तीभन्दा उपयुक्त धेरै मान्छे थिए । मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन् । पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन् । भनेको थिएँ । त्यस्ता राम्रा मानिसहरू थिए । उम्मेदवारी दिँदा नै वंशवादका आधारमा जो दिइयो त्यो गलत भयो, उनले भने, ‘जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा ।’ 

यस्ता घटनाबाट नेतृत्वले पाठ सिकेर जनताले रुचाउने उम्मेदवार पार्टीले प्रस्तुत गर्नुपर्ने उनले बताए । पार्टी जे भने पनि जनताले मान्छन् भनेर मूर्ख निर्णय गर्नु नहुने उनको भनाइ थियो ।