मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २० शुक्रबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २० शुक्रबार १२:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तरी घटना छानबिन गर्न सांसद गिरीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २० शुक्रबार १२:५९:oo

एमाले सांसद सरिताकुमारी गिरीले सप्तरीको विष्णुपुर गाउँपालिकाका डा. विजयकुमार यादवको हत्या गरिएको भन्दै निष्पक्ष छानबिनको माग गरेकी छिन्।

   
प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरी सांसद गिरीले नोबेल मेडिकल कलेजमा हाडजोर्नी विशेषज्ञ डा. विजयकुमार यादवको यही जेठ १८ गते राति निर्ममतापूर्वक हत्या गरिएको, तर प्रशासनले घटनालाई आत्महत्यातर्फ बंग्याउन खोजेको आरोप लगाइन्।

डा. विजय पाँच वर्षअघि बंगलादेशबाट एमबिबिएस अध्ययन सकेर नेपाल आएका थिए। डा. विजयको हत्यामा मेडिकल कलेजकै डाक्टर, कर्मचारी र औषधि पसलेको संलग्नता रहेको मृतकको परिवारले दाबी गर्दै आएको सांसद गिरीको भनाइ छ। हत्याकाण्डको मसिनो गरी छानबिन गर्न एक संसदीय छानबिन समिति गठन गरी मृतकका परिवारलाई न्याय गर्नुपर्ने सांसद गिरीले बताइन्। रासस