१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १५ आइतबार १o:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मधेसमा झन्डै शतप्रतिशत जनसंख्या  विद्युतकाे पहुँचमा, कर्णाली पछाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार १o:१४:oo

मधेस प्रदेशको ९९.६६ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको देखिएको छ । आर्थिक वर्ष ०७८/७९ को फागुनसम्म मधेस प्रदेशका अधिकांश घरमा विद्युत् पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । राष्ट्रिय प्रसारण ग्रिडबाट विद्युत्को सबैभन्दा कम कर्णाली प्रदेशमा ४३.८७ प्रतिशत जनसंख्या रहेको छ । 

त्यस्तै, प्रदेश १ मा ९६.९५ प्रतिशत, बागमतीमा ९५.९१ प्रतिशत, गण्डकीमा ९५.६८ प्रतिशत, लुम्बिनीमा ९४.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७१.०७ प्रतिशत जनसंख्या विद्युत्को पहुँचमा पुगेका छन् । यो तथ्यांकमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट उत्पादित विद्युत् समावेश छैन । 

देशभर दुई हजार २३ मेगावाट उत्पादन
अहिलेसम्म देशभर सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको दुई हजार २३ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । यो तथ्यांकमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट उत्पादित विद्युत् समावेश छैन ।

फागुनसम्म बागमती प्रदेशमा सबैभन्दा बढी एक हजार १६ मेगावाट क्षमताका आयोजना र कर्णाली प्रदेशमा सबैभन्दा कम ११ मेगावाट क्षमताका आयोजनाहरू सञ्चालनमा रहेका छन् । मधेसमा २१ मेगावाट, गण्डकीमा पाँच सय ६५ मेगावाट, लुम्बिनीमा ३१ मेगावाट र सुदूरपश्चिम प्रदेशमा ५२ मेगावाटका आयोजना सञ्चालनमा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।