१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १४ शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका इस्लामाबाद
२o७९ जेठ १४ शनिबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

भारत र पाकिस्तानबीच सोमबार नयाँदिल्लीमा वार्ता हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामाबाद
नयाँ पत्रिका
२o७९ जेठ १४ शनिबार १६:२३:oo

भारत र पाकिस्तानबीच सिन्धु जलस्रोत स्थायी आयोगको ११८औँ वार्ता सोमबार नयाँदिल्लीमा हुने भएको छ । वार्तामा जलविद्युत् आयोजनामा पानीको समस्याका बारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री सेहबाज शरीफले अनुमोदन गरेको पाकिस्तानको पाँचसदस्यीय प्रतिनिधिमण्डल सोमबार नयाँदिल्ली पुग्ने तथा दुवै पक्षले सिन्धु जलसन्धिका प्रमुख परियोजनामा छलफल गर्नेछन्।  दुवै पक्षले बाढीको अग्रिम सूचना र सिन्धु जलस्रोत स्थायी आयोगको वार्षिक प्रतिवेदनमा पनि छलफल गर्नेछन्।

त्यसैगरी सिन्धु जलसन्धिको धारा ९ अन्तर्गत एक हजार मेगावाटको पाकल दुल, ४८ मेगावाटको तल्लो कालनाई र ६२४ मेगावाटको किरु आयोजना निर्माणबारे विचार–विमर्श गर्ने अपेक्षा गरिएको छ।

वाघा नाका हुँदै नयाँदिल्ली पुग्ने पाकिस्तानी प्रतिनिधिमण्डल सोमबार र मंगलबार भारतीय अधिकारीहरूसँग बैठक सकेर बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ। पाकिस्तानी आयुक्त सैयद मेहरअली साहको नेतृत्वको प्रतिनिधिमण्डल आइतबार भारत प्रस्थान गर्नेछ। रासस/एएनआई

ad
ad
ad
ad