१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १४ शनिबार
  • Wednesday, 26 June, 2024
२o७९ जेठ १४ शनिबार १४:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चितवनमा नर्सिङ सेवासहितको सौन्दर्य सामग्री बिक्री केन्द्र स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १४ शनिबार १४:३६:oo

चितवनमा पहिलोपटक छालाको जाँचसहितको सौन्दर्य सामग्री बिक्री केन्द्र (स्किन एक्स्पिरियन्स सेन्टर) सञ्चालनमा आएको छ। भिएमभिएस्थेटिक्स् ग्रुपले नारायणगढमा सञ्चालनमा ल्याएको केन्द्रको नायिका स्वस्तिमा खड्काले गत बुधबार उद्घाटन गरेकी हुन्।
 
काठमाडौंपछि पहिलो शाखाको रूपमा विज्ञ चिकित्सक र नर्सहरूबाट छालाको जाँच गरेर सौन्दर्य सामाग्री प्रदान गर्ने यो पहिलो सेवा केन्द्र हो। केन्द्रकी बजार प्रमुख ईशा जोशीका अनुसार तीन वर्षअघि काठमाडौंको महाराजगन्जमा स्थापना भएको केन्द्र अहिले पनि सञ्चालनमा छ। केन्द्रमा आउने सेवाग्राहीले प्रयोग गरेर चित्त बुझेपछि मात्रै सामान खरिद गर्न सक्छन्। केन्द्रमै छालाको परीक्षणसँगै ती सामग्री प्रयोग गरेर अनुभव लिन सकिने जोशीले बताइन्।

बजारको आवश्यकता हेरेरै चितवनको बजारमा केन्द्र सञ्चालन गरेको उनको भनाइ छ। आवश्यकता र मागअनुसार बिस्तारै अन्य सहरहरूमा पनि शाखा विस्तार गर्दै लैजाने योजना रहेको उनले सुनाइन्।

ad
ad
ad
ad