मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १३ शुक्रबार १६:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद : माधव नेपाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १३ शुक्रबार १६:५७:००

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद् भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद् भएको बताएका हुन् ।

उनले लामो समयको अध्ययनपश्चात निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताए ।  विमानस्थल निर्माणमा अर्बौँ रुपैयाँ खर्च भइसकेको र जग्गासमेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुखद् भएको उनको भनाइ छ । 

अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताए ।  सरकार र राजनीतिक दलहरूले पनि यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने उनले बताए । निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उनले उल्लेख गरे । त्यहाँ विमानस्थल बनाउँदै गर्दा वनविनाश नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको उनले बताए । 

अध्यक्ष नेपालले निर्वाचन प्रणाली महँगो भएकाले यस्तो प्रणालीमाथि विचार गर्नुपर्ने बेला आएको बताए । उनले भ्रष्टाचारको जालोलाई समाप्त पार्नका लागि स्वच्छ राजनीति गर्नुपर्ने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीमा गए पनि निर्वाचनमा हुने खर्च नरोकिने बताए । यसका निम्ति सत्तामा रहेका व्यक्तिहरूको धारणा स्पष्ट हुनुपर्ने बताए ।

 उनले सरकारले विकास निर्माणको काम गर्दा परियोजनाको प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिए । योजनालाई प्राथमिकीकरण गर्दै समग्र नेपालको विकास खाका बनाउनुपर्ने उनको भनाइ छ ।