मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १३ शुक्रबार १६:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १३ शुक्रबार १६:२०:००

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ। उनी सवार ३–०१०२३ च ७३१८ नम्बरको कार जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीवदास शर्माले जानकारी दिए।

शर्माका अनुसार गाडीको टायर पन्चर भएर दुर्घटनामा परेको हो। टायर पन्चर भएपछि गाडी सडक किनाराको पोलमा ठोक्किएको थियो। दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ।

हाल उनको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ। दाहालको टाउकोमा टाँका लगाइएको छ। अन्य अवस्था सामान्य रहेको ललितपुर प्रहरीले जनाएको छ।