
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बिमा गरिदिने निर्णय गरेकी छिन् ।
महानगरपालिकाको मेयरमा दोस्रो कार्यभार सम्हाल्दै मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरूले १५ वर्षपछि पाउने गरी एक लाख रुपैयाँबराबरको जीवन बिमा गरिदिने निर्णय गरेकी हुन् । त्यस्तै, उनले महानगरपालिकाभित्रका स्थानीयका लागि सात हजार लिटरसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छिन् ।