मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १० मंगलबार १३:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित राजदूतद्वयको नाम अनुमोदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १० मंगलबार १३:५४:००

संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदूतद्वयको नाम सर्वसम्मतले अनुमोदन गरेको छ। मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।

यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको थियो। सरकारद्वारा प्रस्तावित राजदूत राय र मिश्रविरुद्ध भने उजुरी परेकाले अनुमोदन हुन बाँकी थियो। बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदूत मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकाले समितिले सर्वसम्मत नाम अनुमोदन गरेको बताए।

समिति सभापति कर्णले सरकारद्वारा प्रस्तावित राजदूतद्वय मिश्र र रायविरुद्ध परेका उजुरीबारे गहन छलफल गरेर अनुमोदन गरेको बताए।