मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ९ सोमबार १५:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अहिलेको गठबन्धन प्रदेश र आमचुनावसम्म जान्छ : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ९ सोमबार १५:०७:००

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन प्रदेश र आमचुनावसम्म जाने बताएका छन्। तनहुँको व्यास नगरपालिको विजय र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै नेता पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन बनेकाले प्रदेश र आमचुनावसम्म गठबन्धन रहने बताएका हुन्।

उनले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन पाँच दलबीच गठबन्धन भएको दोहोर्‍याए । उनले व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गरेको भन्दै आभार व्यक्त गरे।

नेता पौडेलले स्थानीय चुनावमा व्यास नगरवासीले गरेको मिहिनेत र सफलतामा नगरपालिकाको भविष्य जोडिएको भन्दै विजयी नेताहरूलाई जनताको विश्वासलाई कहिल्यै टुट्न नदिई जनताको सेवक बनेर काम गर्न निर्देशन दिए।