१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Saturday, 28 September, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o७९ जेठ ६ शुक्रबार १९:o२:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कपिलवस्तुको बुद्धभूमि र कृष्णनगरमा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १९:o२:oo

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका केशवकुमार श्रेष्ठ र मीरा थारू निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पीताम्बर खनाललाई ७ सय ८८ मतान्तरले पराजित गर्दै श्रेष्ठ नगरप्रमुखमा निर्वाचित भएका हुन् । श्रेष्ठले १४ हजार ३ सय ८४ मत ल्याउँदा एमालेका उम्मेदवार खनालले १३ हजार ५ सय ९६ मत मात्र ल्याए ।

नगरउपप्रमुखमा थारूले १४ हजार २८३ मत ल्याएर निर्वाचित भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरीले १३ हजार ७ सय १५ मत प्राप्त गरिन् । निर्वाचन जितेका प्रमुख श्रेष्ठ र उपप्रमुख थारू दुवैजना दोहोरिएका हुन् । नगरपालिकामा नेपाली कांग्रेसले नगरप्रमुख र उपप्रमुख सहित ५ वटा वडा जितेको छ ।

त्यसैगरी, जिल्लाको कृष्णनगर नगरपालिकाको मेयर र उपमेयरमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा रजतप्रताप शाह र उपमेयरमा आरतीदेवी चौधरी निर्वाचित भएका हुन् । शाहले ५ हजार ६ सय ६ मत ल्याएर निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक रजौरियाले ४ हजार १ सय १२ मत ल्याएका थिए । शाहले २०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा नगरप्रमुख जितेका थिए ।

त्यसैगरी उपमेयरमा कांग्रेसकी चौधरीले ५ हजार ६ सय ९१ मत ल्याउँदा जनता समाजवादी पार्टी (जसपा) की आरतीसिंह यादवले ३ हजार २ सय ८२ मत प्राप्त गरिन् । १२ वटा वडा रहेको कृष्णनगर नगरपालिकामा कांग्रेस र एमालेले तीन-तीन  जसपा र  माओवादीले दुई-दुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एक-एक वडाध्यक्ष जितेका छन् ।